कात्तिक १८, बुधबुधबार, कात्तिक १८, २०८३
एप

AI को प्रयोगAI disclosure

छिटोमा खबरको सारांश, भिडियोको आवाज र "सोध्नुहोस्" का जवाफ AI ले तयार पार्छ; भाउ, दर, मिति र सरकारी सूचना भने आधिकारिक स्रोतबाट जस्ताको तस्तै आउँछन्।

AI सारांश

कथाको "के भयो", घटनाक्रम, दैनिक सार र खबरमा आएका व्यक्तिको छोटो परिचय AI ले समाचार माध्यमका प्रकाशित रिपोर्ट र आधिकारिक स्रोतबाट लेख्छ। यसमा कुनै विवरण छुट्न वा गलत हुन सक्छ; त्यसैले हरेक कथामा मूल लेखका लिङ्क हुन्छन्।

AI आवाज

दैनिक सार र "कसरी गर्ने" भिडियो कृत्रिम आवाजले पढ्छ, र त्यस्ता भिडियोमा "AI आवाज" लेखिएको हुन्छ। एपमा बोलेर दिइने जवाफ Microsoft Azure Speech ले, वा Azure नचलेमा ElevenLabs ले बनाउँछ; उनीहरूकहाँ जवाफको अक्षर मात्र जान्छ।

सोध्नुहोस्

जवाफ छिटोको आफ्नै डेटा र सार्वजनिक स्रोतका आधारमा Microsoft Azure OpenAI ले तयार गर्छ; स्रोत भए जवाफसँगै देखिन्छ। जवाफ जानकारी हो — कानुनी, स्वास्थ्य, कर वा लगानीको सल्लाह होइन। काम गर्नुअघि आधिकारिक स्रोतमा पुष्टि गर्नुहोस्।

वेबमा साइन इन नगरी दिनमा ३ प्रश्न सोध्न सकिन्छ।

AI ले के गर्दैन

  • भाउ, विनिमय दर, नेप्से सूचकांक वा पात्रोको मिति AI ले तोक्दैन, फेर्दैन।
  • सरकारी सूचना र नतिजा AI ले लेख्दैन; ती प्रकाशित गर्ने कार्यालयको लिङ्कसहित देखिन्छन्।
  • चाडपर्वको साइत AI ले तय गर्दैन; त्यो जाँचिएको प्रक्रियाबाट मात्र आउँछ, सिधै वेब खोजीबाट होइन।

मान्छेले के जाँच्छन्

सरकारी सेवाका निर्देशिका (कागजात, चरण, दस्तुर) छिटो टोलीले आधिकारिक स्रोतसँग जाँच्छ, र हरेक पेजमा कहिले जाँचियो भन्ने देखिन्छ। गल्ती भेटे सच्याइएका पेज हेर्नुहोस्।

AI disclosure — in English

On Chito, news summaries, video voices and the answers in Ask are prepared by AI. Prices, rates, dates and government notices come from the official source as published.

AI summaries

The "what happened" lines on a story, its timeline, the daily brief (सार) and the short introductions of people in the news are written by AI from the outlets' published reports and official sources. They can miss a detail or get one wrong; every story links to the original articles.

AI voice (AI आवाज)

The daily brief and how-to videos are read by a synthetic voice and are marked "AI आवाज". Spoken answers in the app use Microsoft Azure Speech, or ElevenLabs when Azure is not available; only the answer text is sent to them.

Ask (सोध्नुहोस्)

Answers are composed by Microsoft Azure OpenAI from Chito's own data and public sources, with the sources shown where there are any. They are information, not legal, medical, tax or investment advice: check with the official source before you act. On the web, a reader who is not signed in can ask 3 questions a day.

What AI does not do

  • It does not set or change prices, exchange rates, the NEPSE index or calendar dates.
  • It does not write government notices or results; those link to the office that published them.
  • It does not decide festival साइत: those go through a reviewed pipeline, never a raw web search.

What people check

Government service guides (documents, steps, fees) are checked by the Chito team against the official source, and each page shows when.