कात्तिक १८, बुधबुधबार, कात्तिक १८, २०८३
एप

राहदानी नवीकरण गर्ने

नवीकरणमा पनि नयाँ राहदानीकै प्रक्रिया अपनाउनुपर्छ: अनलाइन फाराममा Passport Renewal छानी मिति बुक गर्ने, त्यसपछि हालको सक्कल राहदानी र नागरिकता लिएर दर्ता केन्द्रमा जाने। जिल्ला प्रशासन कार्यालयमा ३४ पृष्ठको रु. ५,०००; राहदानी विभागमा द्रुत सेवा रु. १२,०००।

पुष्टि गरिएको असोज ३०, २०८३स्रोत: राहदानी विभाग

आधिकारिक स्रोतसँग पुष्टि गरिएको · असोज ३०, २०८३

कहाँ

नागरिकता वा नाबालक परिचयपत्र जारी भएको जिल्ला/इलाका प्रशासन कार्यालय (बसाइँ सरेको भए बस्ने जिल्ला) — नियमित सेवा; तुरुन्त चाहिए राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं — द्रुत सेवा मात्र; विदेशमा नेपाली नियोग। अनलाइन फाराम: online.nepalpassport.gov.np। कार्यालय समय: सोमबार–शुक्रबार ९:००–५:०० (जाडो, कार्तिक १६–माघ १५: ९:००–४:००); शनिबार र आइतबार बन्द

चाहिने कागजात

चरणहरू

  1. अनलाइन फाराममा Passport Renewal छानी मिति बुक गर्नेम्याद सकिएको राहदानी नवीकरण गर्न ( Passport Renewal ) छानी ३४ वा ६६ पेज, Enrolment Centre र Appointment तय गर्ने।
  2. कागजात स्क्यान गरी अपलोड र फाराम बुझाउनेसक्कल कागजात स्क्यान गरी 1 MB वा सो भन्दा कम आकारको बनाइ अपलोड गर्ने।
  3. दर्ता केन्द्रमा फाराम रुजु, दस्तुर भुक्तानी र फोटो/बायोमेट्रिकतोकिएको मिति र समयमा रोजेको दर्ता केन्द्रमा गई १. फाराम रुजू गर्ने → २. राजस्व भुक्तानी गर्ने → ३. फोटो खिच्ने र जैविक विवरण दिने।समय: जिल्ला/इलाका प्रशासन कार्यालय: सामान्यतः १० देखि ३० दिन; राहदानी विभाग (द्रुत): सामान्यतः दुई कार्य दिनभित्र
  4. SMS/ईमेल आएपछि आवेदन दिएकै ठाउँबाट राहदानी लिनेराहदानी तयार भएपछि ईमेल वा एसएमएस (SMS) बाट जानकारी गराइनेछ; आवश्यक कागजात लिई आवेदन दिएकै ठाउँमा गई सङ्कलन गर्ने।नवीकरण गर्दा नयाँ नम्बरको राहदानी बन्दछ; पुरानो तथा नयाँ दुबै राहदानी साथमा लिइ यात्रा गर्दा पहिलाको राहदानीमा भएको भिसा सामान्यतः मान्य हुन्छ।

दस्तुर र समय

  • जिल्ला/इलाका प्रशासन कार्यालय (नियमित सेवा): ३४ पृष्ठ रु. ५,०००; ६६ पृष्ठ रु. १०,०००
  • राहदानी विभाग, त्रिपुरेश्वर (द्रुत सेवा मात्र): ३४ पृष्ठ रु. १२,०००; ६६ पृष्ठ रु. २०,०००
  • जिल्ला प्रशासन कार्यालय, १० वर्षमुनिका नाबालक: रु. २,५०० (काठमाडौं र कास्की जिल्ला प्रशासन कार्यालयको नागरिक बडापत्र)
  • राहदानी विभाग, १० वर्षमुनिका नाबालक: ३४ पृष्ठ रु. ९,५००; ६६ पृष्ठ रु. १४,५००
  • कार्यालयको गल्तीले पुनः बनाउनुपरे: निःशुल्क

स्रोत: राहदानी विभागपुष्टि गरिएको: असोज ३०, २०८३

प्रायः सोधिने प्रश्न

राहदानी नवीकरण गर्न के कागजात चाहिन्छ?बारकोड र QR कोड सहितको भरिएको अनलाइन फाराम (छापिएको, नभए मोबाइलमा सक्कल प्रति — Screenshot होइन); हालको राहदानी सक्कल प्रति; नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति; राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र दर्ता भएको प्रमाण; दस्तुर बुझाएको बैंक भौचर वा नगदी रसिद; बसाइँ सराइ गरी ठेगाना परिवर्तन भएकोमा बसाइँ सराइको प्रमाणपत्रको प्रतिलिपि।
कहाँ गर्ने?नागरिकता वा नाबालक परिचयपत्र जारी भएको जिल्ला/इलाका प्रशासन कार्यालय (बसाइँ सरेको भए बस्ने जिल्ला) — नियमित सेवा; तुरुन्त चाहिए राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं — द्रुत सेवा मात्र; विदेशमा नेपाली नियोग। अनलाइन फाराम: online.nepalpassport.gov.np। कार्यालय समय: सोमबार–शुक्रबार ९:००–५:०० (जाडो, कार्तिक १६–माघ १५: ९:००–४:००); शनिबार र आइतबार बन्द
कति दस्तुर लाग्छ?जिल्ला/इलाका प्रशासन कार्यालय (नियमित सेवा): ३४ पृष्ठ रु. ५,०००; ६६ पृष्ठ रु. १०,००० राहदानी विभाग, त्रिपुरेश्वर (द्रुत सेवा मात्र): ३४ पृष्ठ रु. १२,०००; ६६ पृष्ठ रु. २०,००० जिल्ला प्रशासन कार्यालय, १० वर्षमुनिका नाबालक: रु. २,५०० (काठमाडौं र कास्की जिल्ला प्रशासन कार्यालयको नागरिक बडापत्र) राहदानी विभाग, १० वर्षमुनिका नाबालक: ३४ पृष्ठ रु. ९,५००; ६६ पृष्ठ रु. १४,५०० कार्यालयको गल्तीले पुनः बनाउनुपरे: निःशुल्क

अब के हेर्ने?